गृह पृष्ठ

 

परिचय

भन्ने भावना र छरिएर रहेको सानो सानो पुँजीलाई एकिकृत गरि संकलन भएको बचत सदस्यहरुको सिपमुलक र आय आर्जन कार्यक्रममा लगाएर आर्थिक संकट टार्न उचित ब्याजदरमा ऋण लगानी गरि सदस्यहरुको आर्थिक, सामाजिक र भौतिक अवस्थामा सुधार गर्न सहयोग पुर्याउने उदेश्य राखी डीभिजन सहकारी कार्यालय भक्तपुरबाट इजाजत प्राप्त गरि वि. स. २०६६ असार १० गते चमेरो बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बालकोट-५, भक्तपुरमा स्थापना भएको हो |

 

Message From Chairman

chairman bhimsen shrestha photo

“उद्यमशिलताका लागि चमेराे सहकारी”

सदस्य समृद्ध भए संस्था पनि समृद्ध हुन्छ । यसै भनाईलाई मनन् गर्दै चमेराे सहकारीले “निजी-सहकारी सहकार्य अवधारणा” (Private Cooperative Partnership, PCP Model) अनुसार विभिन्न परियाेजनाहरूमा लगानी गरी ब्यवसाय प्रर्बद्धन तथा राेजगारी सृजना गर्ने दीर्घकालिन साेच बनाएकाे छ।
यसमा बैदेशिक राेजगारीमा गएका ब्यक्तिलाई अार्कषित गरी पूँजी निर्माण गरिने छ र नाफामूलक याेजनामा लगानी गरी निजी क्षेत्र र सहकारीलाई ब्यवसायिक रूपमा अगाडि बढाई अार्थिक समृद्धि हासिल गर्न प्रयास गरिनेछ।

चमेराे सहकारीकाे ब्यवस्थापनमा संचालन हुने परियाेजनाहरूमा चमेराे सहकारी संस्थाकाे न्यूनतम ५१% लगानी रहने छ। सुरक्षित लगानिकाे लागि बजार सर्भे, व्यवसायिक याेजना तथा जाेखिम न्यूनिकरणका उपायमा ध्यान दिइनेछ। लगानिका लागि परियाेजनाहरू।

१. चमेराे सिटि बस सेवा, ३ कराेड लगानी

२. बहु-उपयाेगी चमेराे भवन, ५ कराेड लगानी

३. चमेराे ट्याक्सि सेवा, २ कराेड लगानी

४. अन्य परियाेजनाहरू

लगानी गर्न इच्छुक ब्यक्तिलाई चमेराे सहकारीकाे कार्यालयमा सम्पर्क गर्नु हुन विनम्र अनुराेध छ।