रू १ बाट १ कराेड अभियान

वृद्ध वृद्धा सेवा तथा धार्मिक पर्यटकिय स्थलका लागि “चमेरो कल्याणकारी कोष”Heaven
रु १ बाट १ करोड अभियान ! !
(योजनाविद्ध इ.भिमसेन श्रेष्ठ)

कसरी ? ……

 प्रति दाताको दैनिक………… रु १ ले

 प्रति महिना …………….. रु ३० हुन्छ ।

 प्रति वर्ष …………………… रु ३६५ हुन्छ ।

 ५ वर्षमा ……………………. रु १,८२५ हुन्छ ।

 ५५०० दाता × रु १,८२५ = रु १,००,३७,५०० हुन्छ ।

हजुरको सहयोगले कोषको साँवा रकम सधै र वर्षौ बर्षसम्म रहने छ । प्राप्त ब्याज वृद्ध वृद्धाहरुको हित, बालबालिका र सामाजिक सेवामा सदुपयोग हुनेछ । हाम्रा सन्तान इष्टमित्रहरुलाई पुस्तौ पुस्तासम्म वृद्ध वृद्धाहरुको आर्शिवाद मिलिरहनेछ ।

उद्देश्यः वृद्ध वृद्धा सेवा तथा धार्मिक पर्यटकिय स्थलका लागि चमेरो कल्याणकारी कोष

मानव जीवन–चक्र बालक, यूवा र वृद्ध हुँदै अन्त्य हुन्छ, यो सृष्टिको नियम हो । वृद्धावस्था सवै मानिसले भोग्नु पर्छ र हाम्रो जीवनमा पनि वृद्धावस्था आउँछ । यो अवस्थालाई आरामदायी, रमाइलो, खुशियालीका साथ विताउने सोच र इच्छा सवै मानिसको हुन्छ । यही यथार्थ तथ्यलाई पुरा गर्न चमेरो वचत तथा ऋण सहकारी संस्थाले “रु १ वाट १ करोड अभियान” अघि बढाएको छ ।Rs 1 vision new
यस अभियानमा प्रति दातावाट दैनिक रु १ वा मासिक रु ३० वा बार्षिक रु ३६५सहयोग स्वरुप ५ वर्षसम्म वा एक मुष्ठ रु १,८२५ जम्मा गरी यस सेवामुलक अभियानमा सहभागी हुन सक्नेछन । यो एउटा महान “मानविय धार्मिक सामाजिक अभियान” हो ।

हामी धर्मको नाममा लाखौ रुपैया दान गर्छौ, विभिन्न मठ–मन्दिरको पूजा गर्छौ, विभिन्न तीर्थ–धामको यात्रा गर्छौ जसको मुल उद्देश्य पूण्य कमाउनु हो तर हाम्रो “रु १÷ वाट १ करोड अभियान” पनि हाम्रा अभिभावक समान वृद्ध वृद्धाहरुको मुहारमा खुशी ल्याउने विशुद्ध मानविय सेवा हो जसले तपाई दातालाई आत्मिय सुख, शान्ति, सन्तुष्टि र पुण्य आर्जन गराउने छ । मानिसको बुई चडी अमूर्त मन्दिरमा दर्शन गर्नु भन्दा जीवित देवता समान वृद्ध वृद्धाको सेवामा सहयोगार्थ संचालित यस महान अभियानमा मन वचन र कर्मले सहयोग गर्नु मानविय धर्म र सेवाको नविनतम उदाहरण हुनेछ भन्ने आशा लिएका छौ ।

यो एउटा अभियान हो जसमा तपाई हाम्रो सक्दो सहयोगको अपेक्षा राख्दछौ । यस अभियानलाई साकार पार्न वि.सं. २०८० सालसम्ममा चमेरो सहकारीका सदस्य दाता तथा अन्य दाता गरी लगभग १००० दाताहरुवाट रु १,८२५ का दरले रु १८,२५,००० रकम जम्मा हुने आशा लिएका छौ । यही क्रमलाई अगाडी वढाउदै वि.सं. २१०० सालसम्ममा दाताहरुको अमुल्य सहयोगमा रु १÷ वाट १ करोड अभियानलाई पुरा गर्ने लक्ष्य लिएका छौ । यस कोषको साँवा रकम अक्षयकोष मानी प्राप्त हुने ब्याजलाई वृद्ध वृद्धाहरुको सेवामा निम्न योजनाहरुमा लगाइने छ ।

Ananteshwor Mahadev 2x3
 वृद्ध वृद्धाहरुको स्वास्थ्य सेवा,
 वृद्ध वृद्धाहरुको लागि आश्रम घर निर्माण,
 वृद्ध वृद्धाहरुको लागि चौतारी तथा पार्क निर्माण,
 वृद्ध वृद्धाहरुका लागि भजन घरको ब्यवस्थापन,
 वृद्ध वृद्धाहरुका लागि योग शिविर संचालन,
 वृद्ध वृद्धाहरुका लागि भोजन गृह संचालन,
 वृद्ध वृद्धाहरुका लागि तीर्थ यात्रा तथा भ्रमण साथै
 धार्मिक पर्यटनस्थल निर्माण र अन्य ।

रु १ वाट १ करोड अभियान एउटा महत्वकांक्षी योजना हो जसलाई हामीले सुरुवात गरेका छौ र यो आउने पुस्तौ पुस्तासम्म चलिरहने छ । बालकोट, सिरुटार, दधिकोट तथा टिकाथली गा.वि.स.को पायक पर्ने ठाँउहरु जस्तै अनन्तेश्वर महादेव, धर्मेश्वर महादेव, गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डि देवस्थल वा अन्य स्थानलाई समेत समेट्ने गरी सो स्थानलाई नमूना धार्मिक पर्यटनस्थलको रुपमा समेत विकास गरीने लक्ष्य लिइएको छ जसले गर्दा स्थानीय वासिन्दाहरुको समेत आर्थिक विकास हुनेछ । कुनै पनि अभियानलाई पुरा गर्न नविनतम सोच, धैर्यता, लगनशिलता र आत्मविश्वासका साथ अघि वढ्नु पर्छ जसलाई चमेरो सहकारी संस्थाले निरन्तरता दिनेमा विश्वास दिलाउदछौ ।