Food Green City

हामीले चाहेर वा नचाहेर पनि बालकोट, सिरुटार र दधिकोट अव्यवस्थित शहरीकरणको रुपमा अग्रसर भएको छ । यही क्रम जारी रहने हो भने निकट भविष्यमा हामी कंक्रिटको जंगलमा हुनेछौं । हामीले शहरी वातारणलाई स्वच्छ, सफा र हराभरा राखेनौ भने यस क्षेत्र पनि घना प्रदुषित शहरको रुपमा परिणत हुने निश्चित छ । सोही अवस्थालाई केही मात्रामा भए पनि न्यूनिकरण गर्न र शहरी वातावरणलाई सन्तुलन गर्न यस संस्थाले हरियाली खाध्य शहर अवधारणा अधि सारेको छ । यस योजना अनुसार संस्थाले प्रत्येक वर्ष अधिकतम ५०० गोटा फलफूलको बिरुवा वितरण गर्ने लक्ष्य लिएको छ । जिल्ला कृषि कार्यालयको प्रविधिक सहयोग र समन्वयमा यो परियोजना अघि वढाइने छ र सोहिको सिफारिसमा फलफूलको बिरुवा वितरण गरिने छ । पहिलो चरण बालकोट गा.वि.स., दोस्रो चरण सिरुटार गा.वि.स. र तेस्रो चरण दधिकोट गा.वि.स.मा यो परियोजना लागु हुनेछ । हामीले आशा लिएका छौ यस परियोजनाले यस क्षेत्रलाई एउटा शहर को रुपमा उभ्याउनुको साथ साथै उत्पादित फलफूलले स्थानीयवासिको आर्थिक उन्नती तथा हरियाली शहरको रुप
लिने संस्थाले विश्वास लिएको छ ।

DSC_0994

हालसम्मको प्रगतीः

१) चमेरो सहकारीका सदस्यलाई आफ्नो घरमा कम्तिामा २ वटा फलफूलको विरुवा रोप्नको लागि निःशुल्क वितरण गरिएको ।

२) बालकोट, सिरुटार र दधिकोट क्षेत्रलाई हरियाली शहर को रुपमा विकास गर्न आफ्नो घर वरिपरिको खाली ठाँउमा कम्तिमा २ वटा फलफूलको विरुवा लगाउने अभियान चलाइएको ।